जेष्ठ २९ । बलिउड अभिनेत्री शिल्पा शेट्टी ४५ बर्षमा प्रवेश गरेकि छन्।
शिल्पालाई बलिउडमा सफल अभिनेत्री मानिन्छ। बुधबारबार ४५ वर्षमा प्रवेश गरेकी उनी सपल व्यवसायी पनि हुन। शिल्पाले बलिउडमा स्थान बनाउन निकै उचारचढाव भोगेकी छन्।
सन् १९९३ मा रिलिज भएको हिन्दी फिल्म बाजीगरबाट अभिनय करियरको शुरुवात गरेकी शिल्पालाई ६ बर्षपछि मात्र पहिचान मिलेको थियो। शाहरुख खान र काजोल अभिनित बाजीगर हिट भए पनि शिल्पाले खासै चर्चा पाइनन्।
तर सन् १९९९ मा रिलिज भएको फिल्म शूलको एक गीत ’आई हूँयूपी बिहार लूटने’ मा गरेको अभिनय पश्चातमात्र पहिचान मिलेको थियो। यस आइटम नम्बरबाट शिल्पा शेट्टीको भाग्य नै बदलिएको थियो।
त्यस्तै सन् २००० मा रिलिज भएको फिल्म धड़कनमा शिल्पाको अभिनयलाई निकै स्रहाना मिल्यो। यस फिल्ममा उनले अक्षय कुमार र सुनिल शेट्टीका साथ काम गरेकि थिइन्। त्यसपछि खासै हिट फिल्ममा काम नगरेकि उनले सन् २००८ मा दोस्ताना र सन् २०१४ मा रिलिज भएको ढिस्क्यिाऊमार्फत देखा परेकि थिइन्। त्यसयता टेलिभिजन रियालिटि शो र योगामा देखा परेकि शिल्पाले फिल्म खेलिनन्। तर आउदो बर्ष फिल्म निकम्मा र हंगामामार्फत शिल्पा बलिउडमा पूनःफर्कने सोचमा छिन्।
शिल्पाका श्रीमान राज कुन्द्रा व्यवसायिक ब्यक्तित्व मानिन्छन्। हाल शिल्पा छोरा वियानर सरोगेसीमार्फत आएकि छोरीसंग पारिवारिक जीवनमा रमाइरहेकि छन्।


























