जेष्ठ २२ । मिर्गौलाको काम शरीरमा रगतलाई शुद्धिकरण गर्ने हो। अतिरिक्त पानीलाई पिसाबको माध्यामबाट बाहिर निकाल्नु हो। रक्तचाप नियन्त्रित राख्न वा शरीरमा रहेको रसायनको स्तर सही बनाएर राख्नु हो। अतः यति महत्वपूर्ण भूमिका भएको मिर्गौलालाई स्वस्थ राख्नुपर्छ। यसका लागि खानपानको खास महत्व छ।
प्रोटिनयुक्त खानेकुरा
प्रोटिनका लागि कुखुराको मासु, माछा, अन्डा आदि सेवन गर्न सकिन्छ। यदि माछामासु नखाने हो सिमि, अन्न, दुधजन्य पदार्थ लगायत प्रोटिनयुक्त खानेकुरा सेवन गरौं।
नुन एवं सोडियम कम गरौं
उच्च रक्तचाप नियन्त्रण गर्न एक व्यक्तिलाई दिनमा २ हजार ३ सय मिलिग्राम्स सोडियमको आवश्यक्ता हुन्छ। शरीरमा नुन र सोडियमको मात्रा सन्तुलन गर्नका लागि फास्टफुड एवं प्रशोधित खाना खान हुँदैन। आफ्नो भोजनमा कम सोडियमयुक्त पदार्थ जस्तो कि, नरिवल पानी, करेला, कुखुराको मासु माछा, सिमी आदि सामेल गरौं।
तरल पदार्थको सेवन
शरीरको विषाक्त पदार्थ बाहिर निकाल्नका लागि मिर्गौलालाई तरल पदार्थको आवश्यक्ता हुन्छ । यसका लागि दिनभरमा कम्तिमा डेढदेखि दुई लिटर पानी पिउनुपर्छ। शारीरिक रुपले बढी सक्रिय व्यक्तिले यो भन्दा बढी पानी पिउनुपर्छ। साथै अन्य तरल पदार्थ जस्तो कि, जुसको सेवन गरौ।
यस कुराको पनि ख्याल गरौं
– धेरै पेनकिलर प्रयोग गर्दा त्यसको सोझो असर मिर्गौलामा पर्छ। सकेसम्म पेनकिलर प्रयोग नगरौ।
-यदि मिर्गौलाको कुनै समस्या छ भने राती सुत्नुअघि केहि दाना किसमिस भिजाएर राख्ने। बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ। यस्तो क्रम केहि दिन दोहोर्याएपछि मिर्गौलाको समस्यामा राहत मिल्छ।
-रगतमा ग्लुकोजको स्तर बढ्दा मधुमेह जस्तो रोगको खतरा हुन्छ। साथै मिर्गौलाका आन्तरिक नली पनि नष्ट हुन्छ। यदि उक्त नलीमा हानी भयो भने रगत सही ढंगले फिल्टर हुन पाउँदैन। त्यसैले स्वस्थ्य मिर्गौलाको लागि मधुमेहलाई पनि नियन्त्रण गरौं।
– निस्क्रिय जीवनले पनि मिर्गौलाको समस्या ल्याउँछ। त्यसैले सक्रिय रहने अभ्यास गरौं। नियमित व्यायाम, योगा, ध्यान गरौं।
– मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं। बरु ताजा फलफूल, सागसब्जी सेवन गरौ।
– मदिराजन्य पदार्थ सेवन नगरौं । शुद्ध पानीको मात्रा बढाउनुपर्छ।
























