काठमाडौं, जेष्ठ १८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जातीय विभेद अन्त्य गर्न सबैले आ–आफ्ना जातरथर बदल्न प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै समाजवादी पार्टीका नेता डा. भट्टराईले जातभातको विभेदले हामी सबैलाई गिज्याउन थालेको भन्दै परिवर्तन जरुरी भएको बताए।
संसदमा डा. भट्टराईले प्रस्ताव गरे, ‘हामी सबैले जातरथर बदलौं। सबैले थरमा दलित लेख्न थालौं। बाबुराम भट्टराई दलित, कामी लेखौं। विश्वकर्मा लेखौं। यसले जातीय विभेद अन्त्य गर्न सघाउछ।’
हालै पश्चिम रुकुममा अन्तर्जातीय प्रेममा रहेका नवराज विश्वकर्मासहित ५ जनाको कुटपीट गरी मारिएको र भेरी नदीमा हालिएका अर्का एक जना अझै वेपत्ता रहेका सन्दर्भमा डा. भट्टराईले संसदमा यस्तो प्रस्ताव गरेका हुन्।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







