काठमाडौं, जेष्ठ १६ । नेपालमा आज (शुक्रवार) थप १७० जनालाई कोरोना संक्रमण भएको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज १७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार आज थपिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन्।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भईसकेको छ भने २०६ जना उपचार पछि संक्रमणमुक्त भएका छन्।
आज मात्रै थप १९ जना संक्रमित कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।
Facebook Comments


























