जेष्ठ १६ । घरगाउमा चिराईतो एककिसिमको बहुउपयोग जडिबुटी हो। यदि तपाईंमा खानाको स्वाद नआउने, ज्वरो, रुघाखोकी तथा घाउ खटिरा छ भने चिराईंतोको सेवन उपयोगी हुनसक्छ।
यसको प्रयोग तागत दिने र पेटसम्बन्धी समस्याको समाधान, गर्भवती महिलको पिसाव थैली दुखेको समस्या, जोर्नीहरु दुखेको, छाला सम्बन्धी रोग, आँखा पोलेको कम गर्ने, दृष्टि बढाउने जस्ता कामको लागि अत्यन्त उपयोगी मानिन्छ।
चिराईंतोलाई नेपालमा ठाउँ अनुसार अगल अलग नामले चिनिन्छ। कतै चिराइतो, कतै तिते, चरैतो, चिरैता त कनै तिक्ता नामले चिराईंतो चिनिन्छ। संस्कृत भाषामा यसलाई चिरतिक्तवा किराततिक्त भनिन्छ।
करिब आधा मिटरदेखि डेढ मिटरसम्म अग्लो हुने चिराईतो शितोष्ण हिमालयको काश्मीरदेखि भुटान र भारतको मेघालयसम्म पाइन्छ। चिराईंतोमा चिरेटिन नामकतत्व पाइन्छ।
जसलाई औषधीय हिसाबले महत्वपूर्ण मानिन्छ। मलेरिया ज्वरो आउँदासमेत चिराईतो ख्वाएमा बिरामी निको हुने मान्यता छ। चिराईतोमा औलिएनोलिक अम्ल र स्वर्सिया मेरिन भन्ने तत्व हुन्छ। जसले कपाललाई लामो बनाउनसमेत मद्दत गर्छ।
प्राणघातक रोग क्यान्सरका बिरामीलाई समेत महत्वपुर्ण मानिने चिराईतो औलो ज्वरोको औषधी बनाउन प्रयोग गरिन्छ। यसको स्वादभने निकै तीतो हुन्छ।
























