काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४२ पुगेको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टाको तथ्यांकसहित संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन्। नेपालमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि पहिलो पटक सबैभन्दा बढी संक्रमित भेटिएका हुन्।
Facebook Comments


























