काठमाडौं, जेष्ठ १४ । थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार विभिन्न जिल्लामा गरी ११४ जनामा संक्रमण देखिएको हो। योसहित नेपालमा संक्रमित हुनेको ८८६ संख्या पुगेको समेत प्रवक्ता डा.देवकोटाले जानकारी दिएका हुन्।
धरानमा ११ जना, सप्तरीमा २, विराटनरमामा १७, हेटौंडा ८, बाग्लुङ ४, रुकुम पूर्व ३, दाङ १५, बाँके १६, सिराहा २, बारा ६, रौतहट १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी उनले दिएका हुन्। यी स्थानमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको देखिएको हो।
नेपालमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भइसकेको छ भने १ सय ८३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। हाल नेपालका विभिन्न स्थानमा क्वारेन्टाइनमा गरी ७० हजार भन्दा बढी मानिस छन्।
नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका छन् भने कोशी अस्तपालका बाट ४ जना डिस्चार्ज भएका छन्। बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ सय ८३ पुगेको हो।


























