काठमाडौं, जेष्ठ १४ । सरकारले आजको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने भएको छ।
दिउँसो २ बजे बस्ने संसद बैठकमा कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
यसलाई सर्वसम्मत पारित गराउने उद्देश्यले सरकारले मंगलबार सर्वदलीय छलफल समेत गरेको छ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो।
संविधान संशोधन विधेयक गत जेठ ९ गते संसद सचिवालयमा दर्ता गरिएको थियो।
मन्त्रिपरिषद बैठकले गत जेठ ५ गते लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो।
Facebook Comments


























