काठमाडौं, जेष्ठ १३ । चालु आर्थिक वर्षमा २.३% आर्थिक वृद्धिदर हासिल हुने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक वृद्धिदर २.३% हुने बताएका हुन्। कोरोना भाइरसको प्रभावका कारण आर्थिक वृद्धिदरमा असर गरेको अर्थमन्त्रीको भनाई छ।
सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५% को लक्ष्य राखेको थियो। नेपालीको प्रतिव्यक्ति आय १०८५ अमेरिकी डलर रहेको उनले बताए। बिमामा २२% पहुँच पुगेको अर्थमन्त्रीले सुनाए। सरकारले तिर्न बाँकी सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब रहेको उनले बताए। सर्वेक्षण चालु आर्थिक वर्षका ८ महिनाका तथ्यांकमा आधारित भएर प्रस्तुत गरिन्छ।
Facebook Comments


























