काठमाडौं, जेष्ठ १३ । मङ्गलबार बिहान थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको अनुसार आज बिहान सङ्क्रमण पुष्टि हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिकाका दुई दुई जना रहेका छन्। उनीहरु केही दिनअघि भारतबाट आएका थिए।
योसँगै देशमा कारोना सङ्क्रमित हुनेको सङ्ख्या ७ सय पुगेको छ। कर्णाली प्रदेशमा अहिलेसम्म २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

Facebook Comments


























