काठमाडौं, जेष्ठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस बाहिरबाट आएकाहरुले नै सारेको दावी गरेका छन्।
मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कम्युनिटमा कोरोनाको अल्पसंख्यकामा मात्रै रहेको र बाहिरबाट आएकाहरुले नै सारेको बताए।
प्रधानमन्त्री ओलीले चीन, युएई र इटलीबाट आएको भाइरसको तुलनामा भारतबाट आएको कोरोना कडा भएको बताए।
‘चीन, युएई र इटलीबाट आएको भाइरस अलि नरम देखिएको थियो तर भारतबाट आएको चाहिँ अलि कडा देखिएको छ’, प्रधानमन्त्री ओलीले भने।
Facebook Comments


























