काठमाडौं, जेष्ठ ५ । सोमबार नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित भेटिएका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए। यससँगै संक्रमितको संख्या ३०४ जना पुगेको छ।
Facebook Comments


























