काठमाडौं, जेष्ठ ४ । नेपालमा कोरोना भाइरस संक्रमणबाट दोस्रो व्यक्तिको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेका २५ वर्षी युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन्।
युवक ३० वैशाखमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। उनको हिजो स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको र उपचारका क्रममा आज विहान निधन भएको डा.देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि २ वैशाखमा निधन भएकी सुत्केरीको कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
Facebook Comments


























