काठमाडौं, जेष्ठ २ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भेटिएको छ। योसँगै कुल संक्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार काठमाडौं, धरान र नेपालगञ्जमा गरिएको परीक्षणबाट थप ९ जनामा संक्रमण भेटिएको हो। संक्रमण देखिनेमा विरगञ्जका ९ र १० वर्षीय बालक छन् भने २३ र ४७ वर्षीया महिा रहेका छन्।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका बस्ने २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ र तुलसीपुर ७ का २३, ३६, ३४ वर्षीय पुरुष रहेका छन्। त्यस्तै काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि कोरोना स्क्रमण देखिएको छ।
सहप्रवक्ता डा.अधिकारीका अनुसार संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरुको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

Facebook Comments


























