चितवन, बैशाख ३१ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट ‘संक्रमणमुक्त’ हुने बिरामीको संख्या १६ लाख भन्दा बढी पुगेको छ।
बुधवार दिउँसो पौँने १ बजे सम्म विश्वभर १६ लाख ४ हजार २ सय १६ जना बिरामी निको भएर घर फर्किसकेका छन्। अमेरिकामा २ लाख ९६ हजार ७ सय ४६, जर्मनीमा १ लाख ४८ हजार ७ सय, स्पेनमा १ लाख ४० हजार ७ सय ७० र इटालीमा १ लाख ९ हजार ३९ जना संक्रमित ‘संक्रमणमुक्त ‘ भएर घर फर्किसकेका छन्।
त्यस्तै, विश्वभर संक्रमित हुनेको संख्या पनि ४३ लाख ४२ हजार ८ सय ४९ नाघेको छ। सबैभन्दा बढी संक्रमित अमेरिकामा फेला परेका छन्। अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ लाख ८ हजार ६ सय ३६, रुसमा २ लाख ३२ हजार २ सय ४३, स्पेनमा २ लाख ६९ हजार ५ सय २० मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ। बेलायतमा पनि संक्रमितको संख्या २ लाख २६ हजार ४ सय ६३ नाघेको छ।
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८ सय ९९ पुगेकोछ। अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८३ हजार ४ सय २५ पुगेको छ। बेलायतमा अहिलेसम्म ३२ हजार ६ सय ९२ जनाको मृत्यु भइसकेको छ भने इटालीमा ३० हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ।


























