काठमाडौं, बैशाख ३१ । आज बिहान ११ बजे शुरु हुने भनिएको नेकपा स्थायी समितिको बैठक स्थगित भएको छ।
काठमाडौं र भक्तपुरमा समेत कोरोना संक्रमण देखिएका कारणले बैठक स्थगित गर्ने निर्णय भएको हो।
सबैलाई भर्खरै सबैलाई खबर गरिएको कार्यालय सचिव कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। स्थायी समिति सदस्यहरुलाई बैठक स्थगितको सूचना मोबाइलमा मेसेजबाट भर्खरै पठाएको उनले बताए। उनले भने, “स्थायी समिति सदस्यहरुको पनि स्वास्थ्य परीक्षण भएको छैन, त्यसैले संक्रमणको जोखिम हुन सक्ने भएकाले बैठक स्थगित गर्ने निर्णय आयो र खबर गरेको हो।”
भक्तपुरको दुवाकोटका संक्रमित स्थायी समिति सदस्य भीम रावलको सुरक्षाकर्मी भएको खुलेको थियो। एक स्थायी समिति सदस्यले भने, “हामी को कति जोखिममा छौं भन्ने परीक्षण भएको छैन। त्यसैले बैठक स्थगित गर्ने निर्णय भएको हो।”
नेकपा स्थायी समितिको बैठक पार्टी कार्यालय धुम्बराहीमा बस्ने गरी सदस्यहरुलाई हिजो अपरान्ह खबर गरिएको थियो। बिहान ११ बजेका लागि समय दिइए पनि एजेण्डा भने दिइएको थिएन। तर दुवै अध्यक्षले सम्बोधन गर्ने तयारी थियो।


























