काठमाडौं, बैशाख ३० । नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १९१ पुगेको छ। आज (मंगलबार) मात्रै ५७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबै संक्रमित पुरुष देखिएका हुन्।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा एक संक्रमित फेरिएका हुन्। नयाँ सबै ५७ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

Facebook Comments


























