बैशाख, २७ । बलिउडका दिग्गज कलाकार ऋषि कपूर आफ्नो एक्लो छोरा रणवीर कपूरको विवाह देख्ने सपना अधुरै छोडेर यो संसारबाट बिदा भए। जब ऋषि न्यूयोर्कबाट उपचार गरेर भारत फर्किदैँ थिए तब खबर सुन्नमा आएको थियो कि रणवीरको विवाह यसै वर्षको अन्त्यसम्म गरिनेछ। ऋषिले एकपटक ट्वीट गरेर नै छोरा रणवीरको विवाहको इच्छा जाहेर गरेका थिए।
पछिल्लो समययता रणवीर र आलिया भट्टको प्रेम सम्बन्ध चर्चामा छ। यद्यपि हालसम्म यी दुबैले आफ्नो सम्बन्धलाई लिएर केही कुरा पनि खुलासा गरेका छैनन्। पछिल्लो समय कपूर परिवारमा दुःखको घडीमा पनि आलिया हरपल रणवीर परिवारको साथमा छिन्।
तर तपाईलाई थाहा छ। केही समय अघि ऋषि कपुरले ट्वीटरमार्फत छोरा रणवीरलाई विवाहको सल्लाह त दिएका थिए। तर त्यहाँ उनले बुहारीको लागि आलियालाई चयन गरेका थिएनन्।
२०१८ मा ऋषि कपुरले छोरा रणवीर र फिल्म निर्देशक अयान मुखर्जीको एउटा तस्बिर शेयर गरेका थिए। उक्त तस्विर शेयर गर्दै ऋषि कपूरले लेखेका थिए, ‘बेस्ट फ्रेन्ड्स, तिमीहरु दुबैले विहा गरे कस्तो होला।’
तर ऋषि कपुरको उक्त ट्वीट एउटा रमाइलो तथा स्मरणीय ठट्टा थियो।


























