चितवन, बैशाख २५ । नारायणी नदीमा हामफालेर भरतपुरका एक वृद्ध बेपत्ता भएका छन्।
इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्र थापाका अनुसार भरतपुर महानगरपालिका वडा नं ५ घर भएका ७४ बर्षका धनपति भुसाल बिहीबार बिहान पुलबाट हामफालेका हुन्। उनी विहानै हिँड्दै पुलमा आएको र गैडाकोटतर्फबाट हामफालेका थिए।
उनका आफन्तहरु प्रहरीसँग सम्पर्कमा आएका छन्। दिनभर खोजी कार्य जारी राखे पनि नपाइएको र शुक्रबार पुनः खोजी गरिने प्रहरी निरीक्षक थापाले बताए। उनलाई प्रोस्टेटसम्बन्धी क्यान्सरको बिरामी थिए।
Facebook Comments


























