चितवन, बैशाख २४ । विश्वभर कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेको छ। सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साँढे १२ लाख जना उपचारपछि निको भएका छन्।
बुधवार दिउँसो साँढे १ बजेसम्म विश्वभर ३७ लाख ३० हजार २ जना कोरोना सङ्क्रमित भएका छन् भने १२ लाख ४५ हजार ६ सय ३ जना निको भएका छन्।
सबैभन्दा धेरै अमेरिकामा २ लाख ६ सय ६९ जना निको भएका छन्। त्यसो त कोरोना भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ। अमेरिकामा १२ लाख ३७ हजार ७ सय ६१ जना सङ्क्रमित भएकोमा ७२ हजार २ सय ७५ जनाको ज्यान गएको छ।
इटलीमा २ लाख १३ हजार १३ जनामा सङ्क्रमण देखिएकोमा ८५ हजार २ सय ३१ जना निको भएका छन्। जर्मनीमा १ लाख ६७ हजार ७ जनामा सङ्क्रमण देखिएकोमा १ लाख ३७ हजार ४ सय जना निको भएका छन्।
इरानमा ८० हजार ४ सय ७५, चीनमा ७७ हजार ९ सय ११, टर्कीमा ७३ हजार २ सय ८५ र फ्रान्समा ५२ हजार ७ सय ३६ जना निको भएका छन्। कोरोनाको कारण विश्वभर २ लाख ५८ हजार ३ सय ९४ जनाको ज्यान गएको छ।
नेपालमा अहिलेसम्म ८२ जनामा सङ्क्रमण पुष्टि भएकोमा २२ जना उपचारपछि निको भएका छन्।


























