बैशाख २४ । बलिउडका चर्चीत अभिनेता ऋतिक रोशनले दक्षिण भारतीय फिल्मका निर्देशक ओम राउतसँग काम गर्ने भएका छन्। गएको वर्ष सुपर ३० र वार फिल्मले बक्स अफिसमा सानदार कमाई गर्न सफल भएको थियो।
उनका यी दुई फिल्मले विभिन्न अवार्ड समेत जित्न सफल भएका थिए।
उनी पछिल्लो समय फरहा खानको फिल्म सत्ते पे सत्ता मा काम गर्ने बताइएको थियो। तर, स्क्रिप्टमा समस्या देखिएपछि उनले फिल्म नगर्ने निर्णय गरेका थिए।
उनकै पिता राकेश रोशनले निर्माण गर्दै आइरहेको फिल्म क्रिसको फ्रान्चाइज कहिले निर्माण हुने टुंगो लागेको छैन।
‘क्रिस ४’ का लागि काम भइरहेको उनले एक अन्तरर्वार्तामा बताएका थिए। पछिल्लो रिपोर्ट अनुसार ऋतिकले ओम राउतसँग मिलेर काम गर्न लागेको खबर बाहिर आएको छ।
Facebook Comments


























