नयाँदिल्ली, बैशाख २३ । दिल्ली सरकारले मदिरा खरिदमा विशेष कोरोना शुल्क लगाउने निर्णय गरेको छ। दिल्ली सरकारले मंगलबारबाट लागु हुने गरी मदिरा खरिदमा विशेष शुल्क लगाउने निर्णय गरेको हो।
मदिरा पसलहरूमा आउने ग्राहकहरूले सामाजिक दूरी कायम नगरेको पाइएपछि दिल्लीमा मदिरामा विशेष कोरोना शुल्क लगाइएको बीबीसीले जनाएको छ। केन्द्र सरकारले सोमबारदेखि मदिराको खरिद–बिक्रीको अनुमति दिएपछि मदिरा पसलहरूमा भीड लागेको थियो।
दिल्ली कोरोना संक्रमणको उच्च जोखिम रहेका कारण स्थानीय सरकारले संक्रमण फैलिन नदिन मदिरामा विशेष कोरोना शुल्क लगाएको बताइएको छ। दिल्ली सरकारका आयुक्त रवि दधिचले जारी गरेको आदेशमा मदिरामा ७० प्रतिशतसम्म विशेष कोरोना शुल्क लगाइएको जनसत्ता दैनिकलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशन गरेको छ।
Facebook Comments


























