बैशाख २१ । कनडा फिल्म केजिएफले पहिलो भागमा निकै सफलता पाएको थियो। यसको दोस्रो भाग रिलिज हुनै बाँकी रहेको छ। दोस्रो भागमा संजय दत्तको पनि प्रमुख भुमिका रहेको छ। यस फिल्मको क्लाइमेक्सको सिनहरु अझै सुटिङ हुनै बाँकी रहेको छ।
यस फिल्मका लागि संजय दत्तले दिनरात तयारी गरिरहेको बताइएको। उनी फिट रहन विशेष खानमा ध्यान दिइरहेको मिडिया रिपोर्टमा उल्लेख छ।फिल्मको अन्तिम सिनमा अभिनेता यश र संजयबीचको फाइटलाई विशेष बनाउन खोजिएको बताइएको छ।
लकडाउनका कारण यस फिल्मको बाँकी सुटिङ रोकिएको छ। लकडाउन लगत्तै यस फिल्मको सुटिङ थालिने बताइएको छ। एजेन्सी
Facebook Comments


























