काठमाडौं, बैशाख १७ । नेपाली नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यू गरेकी छिन्। उनको अभिनय रहेको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ।
‘साथिया तेरे बिना’ गीतको म्युजिक भिडियोमा उनले अभिनय गरेकी छिन्। उक्त गीत नेपालमै छायांकन गरिएको छ।
पर्यटकीय नगरी पोखोरा आसपासका क्षेत्रमा छायांकन गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतीय मोडल मन्जील खट्टारले अभिनय गरेका छन्।
गीतमा कार्तिक कुस र ज्योतिका तंगरीको स्वर, पुनित अवस्थीको संगीत र संजिव पाण्डेको शब्द रहेको छ।
सम्राट शाक्यले निर्देशन गरेको भिडियोमा श्याम लामाको शृंगार, बसन्त घर्ति मगरको भीएफएक्स, पुरुसोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको छायांकन र कमल राईको कोरियोग्राफी रहेको छ।
Facebook Comments


























