काठमाडौं, बैशाख १६ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको अवधिमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ ।कोषमा गत चैत ११ गतेदेखि रकम संकलन गर्न सुरु गरिएको हो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो।
Facebook Comments


























