चीन, बैशाख १५ । चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमित शून्यमा अवस्थामा झरेको छ।
शुक्रबार मात्रै अस्पतालमा रहेका ११ जना संक्रमित निको भएर घर फर्किएपछि त्यहाँ नयाँ बिरामी नथपएिको चिनियाँ सञ्चार माध्यमहरुले लेखेका छन्। चीनको सरकारी समाचार संस्था सिन्हवाका अनुसार ११ जना निको भएर फर्किएका छन्। त्यसपछि एक जना पनि नयाँ बिरामी थपिएका छैनन्।
चिकित्कहरुको अथाह मेहनत र परिश्रम नै कोरोना नियन्त्रणमा आउन सक्नुको प्रमुख कारण मानिएको छ। गत डिसेम्बर अन्तिममा वुहानबाट फैलिएको कोरोना संक्रमणले हाल विश्वभर महामारीको रुप लिएको छ। वुहानमा कोरोना संक्रमण फैलिएपछि ७६ दिनसम्म लक डाउन गरिएको थियो।
अहिले त्यहाँ लक डाउन खुला भइसकेको छ। विस्तारै जनजीवन सामान्य हुँदैछ। आर्थिक गतिविधिहरु पनि लयमा फर्किने प्रयासमा रहेको देखिन्छ। चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेका छन्।


























