चितवन, बैशाख १२ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९१ हजार भन्दा धेरै पुगेको छ।
आज बिहान सवाँ १० बजे सम्म १ लाख ९१ हजार ६१ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेको छ।
सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ अहिलेसम्म ५० हजार २४३ मानिसको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ७९ हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै झण्डै ३० हजार संक्रमित थपिएका छन्। कोरोना भाइरसका कारण इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, फ्रान्समा २१ हजार ८ सय ५६, बेलायतमा १८ हजार ७ सय ३८ मानिसको मृत्यु भएको छ।
विश्वभरका संक्रमित २७ लाख २५ हजार ९ सय २० मध्ये ७ लाख ४५ हजार ९ सय ५ जना उपचारपछि निको भएका छन्।

झण्डै १८ लाख मानिसको उपचार भइरहेकोमा उनीहरु मध्ये ५८ हजार ६ सय ७८ जना गम्भीर रहेका छन्।


























