बैशाख १० । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन हतारमा हटाउँदा संक्रमण थप बल्झिने चेतावनी दिएको छ।
विभिन्न मुलुकले लकडाउनलाई सहज बनाउँदै लगेपछि डब्लट्ठएचओको यस्तो चेतावनी आएको हो। डब्लूएचओका क्षेत्रीय निर्देशक ताकेशी कसाईले मंगलबार समयभन्दा पहिले यो कोरोना संक्रमणका लागि लगाइएको लकडाउन हटाएमा थप क्षति हुनसक्ने बताएका हुन्।
उनले भने, ‘कम्तीमा कोरोनाविरुद्धको भ्याक्सिन नबनेसम्म अथवा यसको सहज उपचार विधि पत्ता नलागेसम्म लकडाउन हाम्रा लागि ‘न्यु नर्मलु हुनुपर्दछ। किनकि यसको फइदाका प्रमाणहरु भेटिएका छन्।
‘जुन सरकारले लकडाउन हटाउन चाहन्छन्। ती मुलुकहरुले हरेक प्रतिबन्धहरु विस्तारै फुकुवा गर्नुपर्दछ। प्रतिबन्धहरु सहज बनाउँदै जाँदा कतिको प्रभावकारी भइरहेको छ भन्ने अनुगमन पनि गर्नुपर्दछ,’ उनले थपे। तर, जापान र सिंगापुरमा भने कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ। बीबीसी



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






