बेलायत, बैशाख ५ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ। बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ।
एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ। बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। संक्रमितमध्ये ८९ हजार ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ।
Facebook Comments


























