चितवन, बैशाख ३ । चितवनमा थप एक जनामा र्यापिट टेष्ट पोजेटिभ देखिएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका ८ की एक महिलाको र्याटिप टेष्ट गर्दा एन्टिबडी रियाक्टिभ देखिएको हो।
चैत पाँच गते लण्डनबाट नेपाल आएकी ति महिलामा गरिएको परीक्षणमा आरडिटी पोजेटिभ आएको राप्ती नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए ।
बुधवार २९ जनाको परीक्षण गरिएकोमा २८ जनाको भने नेगेटिभ आएको छ। रियाक्टिभ देखिएकी महिलालाई थप परीक्षणका लागि कोराना अस्पताल भरतपुर पठाईएको छ।
ति महिलासंगै नेपाल आएका दुई छोरामा नन रियाक्टिभ देखिएपनि उनीहरुलाई पनि परीक्षणका लागि भरतपुर लगिएको छ।

Facebook Comments


























