काठमाडौं, बैशाख २ । सरकारले कोरोना भाइरस रोग (कोभिड–१९) रोकथामका लागि जारी लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो।
यसअघि सरकारले गत चैत ११ गते एक साताका लागि लकडाउन गरेको थियो। पछि दुई पटक उक्त अवधि बढाएर वैशाख ३ गतेसम्म पुर्याइएको थियो।
Facebook Comments


























