चितवन, चैत्र २७ । कोरोना भाइरसबाट संक्रमित बिरामी निको भएर घर फर्किनेको संख्या ३ लाख ३७ हजार नाघेको छ।
नेपाली समय अनुसार बिहिबार अपरान्ह् सवाँ ४ बजेसम्ममा निको भएर घर फर्किनेको संख्या ३ लाख ३७ हजार १ सय ३३ पुगेको छ।
अमेरिकामा सबै भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ४ लाख ३२ हजार ४ सय ३८ पुगेको छ।
स्पेनमा संक्रमितको संख्या १ लाख ४८ हजार २ सय २० पुगेको छ।
इटालीमा संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ पुगेको छ।
जर्मनीमा १ लाख १३ हजार २ सय ९६ पुगेको छ।
विश्वभर ८९ हजार ४ सय ११ जना कोरोना भाइरसको संक्रमणबाट मुत्यु भएको छ।
निको भएर घर फर्किनेको संख्या
चीनमा ७७ हजार ६ सय ४९ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
स्पेनमा ४८ हजार २१ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
जर्मनीमा ४६ हजार ३ सय बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्।
इरानमा उपचारपछि निको भएर घर फर्किनेको संख्या २९ हजार ८ सय १२ पुगेको छ।
इटालीमा २६ हजार ४सय ९१ जना निको भएर घर फर्किसकेका छन्।
अमेरिकामा २४ हजार १ सय २५ जना बिरामी निको भएर घर फर्किसकेका छन्।
फ्रान्समा २१ हजार ४ सय ६१ जना मानिस निको भएर घर फर्किसकेका छन्।
स्विजरल्याण्डमा निको भएर घर फर्किनेको संख्या ९ हजार ८ सय पुगेको छ।
दक्षिण कोरियामा निको भएर घर फर्किनेको संख्या ६ हजार ९ सय ७३ पुगेको छ।
बेल्जियममा निको भएर घर फर्किनेको संख्या ४ हजार ६ सय ८१ पुगेको छ।
क्यानाडामा ४ हजार ६ सय ४६ जना निको भएर घर फर्किसकेका छन्।
अष्ट्रियामा निको भएर घर फर्किनेको संख्या ४ हजार ५ सय १२ पुगेको छ।


























