चैत्र २७ । बाहुबली फिल्मका दुई स्टार अनुष्का शेट्टी र प्रभासको जोडीबारे अहिले पनि बलिउडमा चर्चा भइरहेको हुन्छ। उनीहरुका फ्यानले पनि यो जोडीको विषयमा बारम्बार सोधखोज गरिरहेका हुन्छन्। रिल लाइफमा जोडी बनेका यी दुई के रियल लाइफमा पनि अफेयरमा छन् त ?
यसबारे यी दुवैले मुख खोलेका छैनन्। दुवैले बारम्बार आफूहरु राम्रा साथी भएको बताउँदै आएका हुन्छन्।
अब अनुष्काले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘म प्रभासलाई १५ वर्षदेखि चिन्छु, उनी मेरा अत्यन्त मिल्ने साथी हुन्। हाम्रो दोस्ती कस्तो छ भने म विहान ३ बजे पनि उनलाई कल गर्न सक्छु। हामी दुवैको विवाह भएको छैन, त्यसैले पनि हामी मिल्ने साथी भएका हुनसक्छौँ।’
अनुष्काको एक निर्देशकसँग अफेयर चलेको भन्ने केही समयअघि आएको समाचारलाई पनि उनले अस्वीकार गरेकी छिन्। उनी बाहुबलीमा देवसेनाको भूमिकामा छिन्। एजेन्सी
Facebook Comments


























