चैत्र २६ । साउथ फिल्मका चर्चित अभिनेता अल्लु अर्जुनको आज जन्मदिन परेको छ। आज उनी आफ्नो ३७ औं जन्मदिन मनाउदैछन्। भारतिय मिडियाका अनुसार उनको जन्म १९८३ अप्रिल ८ मा भारतको चेन्नेइमा भएको हो।
उनका फिल्महरु भारतमा मात्र नभई नेपालमा पनि निकै रुचाइएको छ। उनका हरेक फिल्म हिट भएकै हुन्छन्। सामाजिक सञ्जाल फेसबुकमा पनि उनका १ करोड बढी फलोअर्स छन्।
उनले फिल्म डैडीबाट सानो उमेरदेखि नै फिल्मी करियर शुरु गरेका थिए। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण उनी अहिले घरमै छन्।
Facebook Comments


























