चितवन, चैत्र २५ । भरतपुरस्थित दीपज्योति अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १० प्रतिशत छूट दिने भएको छ।
सरकारले बैंकहरुलाई छूट दिन भनेपछि सहकारीले पनि सोही अनुसारको छुट दिने निर्णय गरेको हो। सहकारीका अध्यक्ष भोला शिवाकोटीले लकडाउनको अवस्थामा किस्ता र व्याज तिर्न दबाब नदिइने, तर ब्याज तिर्नेलाई १० प्रतिशत छूट दिने निर्णय गरिएको बताए।
उनले कार्यालय पूर्ण समय सञ्चालन नभए पनि शेयर सदस्यहरुको कुनै पनि समस्या नहुने गरी व्यवस्था मिलाइने दाबी गरे।
सहकारीमा ३ हजार ३१३ सदस्य रहेका छन्। सहकारीका प्रमुख कार्यकारी प्रबन्धक उमेश पौडेलका अनुसार सहकारीमा निक्षेप ३४ करोड र शेयर पूँजी ५ करोड २३ लाख रहेको छ। सहकारीका ८०५ जना सदस्यलाई ३४ करोड रुपैयाँ लगानी गरिएको उनले बताए।
भरतपुरको बाइपास रोडमा मुख्य कार्यालय रहेको सहकारीले भरतपुर १० को पुरानो सिनर्जी रोड, भरतपुर ११ को गोर्खाली टोल र टाँडीको भानुचोकबाट सेवा दिँदै आएको छ।


























