लन्डन, चैत्र २५ । बेलायतकी प्रख्यात अभिनेत्री अनर ब्ल्याकम्यानको ९४ वर्षको उमेरमा निधन भएको छ। जेम्स बन्डको फिल्म ‘गोल्डफिंगर’मा वहन गरेको पसी ग्यालोरको भूमिकाका कारण उनी चर्चित बनेको थिइन्।
‘उनले प्राकृतिक रूपमा शान्त मृत्युवरण गरिन्,’ परिवारले निकालेको विज्ञप्तिमा उल्लेख छ। बीबीसीका अनुसार उनी बेलायतको इस्ट ससेक्सस्थित लेविसमा बस्दै आएकी थिइन्।
सन् १९६० को दशकमा टेलिभिजन शृंखलाहरू र फिल्ममा उनले गरेको अभिनय अंग्रेजी फिल्मी क्षेत्रमा सम्झना गर्ने गरिन्छ।
Facebook Comments


























