चैत्र २४ । कोरोना भाइरसबाट उत्तर अफ्रिकी देश लिबियाका पूर्व प्रधानमन्त्री महोम्मद जिब्रिलको निधन भएको छ। दुई साताअघि कायरोस्थित अस्पताल भर्ना भएका ६८ वर्षीय उनको आइतबार निधन भएको एएफपीले जनाएको छ।
सुरुमा ह्दयघात भएपछि मार्च २१ मा उनलाई कायरोस्थित गानजुरी विशेष अस्पताल भर्ना गरिएको थियो। अस्पताल निर्देशकका अनुसार स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनको उपचार भइरहेको थियो।
गद्दाफी सरकार प्रमुख हुँदा लामो समयसम्म उनका आर्थिक सल्लाहकार रहेका जिब्रिलले सन् २०११ मा उनैलाई अपदस्थ गर्दै लिबियाको सत्ता सम्हालेका थिए। सन् २०१२ देखि आफ्नै पार्टी नेशनल फोर्स अलाइन्स गठन गरी उनी सक्रिय राजनीतिमा थिए।
‘सुरूमा उनको स्वास्थ्यमा सुधारका संकेतहरु देखिएका थिए तर आइतबार बिहानैदेखि फेरि स्वास्थ्य बिग्रियो’, अस्पतालका निर्देशक हिसाम ह्वाग्डीले बताएको एएफपीले जनाऐको छ। स्थानीय समयअनुसार आइतबार २ बजे दिउँसो उनको निधन भएको हो। एजेन्सी