चैत्र २३ । चर्चित बलिउड गायिका कनिका कपूरको कोरोना भाइरस संक्रमणको छैटौँ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। कनिकाको लगातार पाचौँ टेस्टसम्मको रिपोर्ट पोजेटिभ देखिएको थियो। जसले गायिका कनिका स्वयं र उनको परिवार भाइरसबाट निकै त्रसित थिए।
यद्यपि छैटौं टेस्टको रिपोर्टपछि भने उनले राहतको स्वास फेर्न पाएकी छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भएअनुसार उनी अब छिट्टै अस्पतालबाट डिस्चार्ज हुनसक्ने छिन्।
कनिका लखनउमा रहेको ‘सञ्जय गान्धी इन्स्टिच्युट अफ मेडिकल साइन्स’ अस्पतालमा कोरोना परीक्षण गराइरहेकी थिइन्। उनको छैटौं रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालका निर्देशकले अब चिन्ताको विषय नरहेको सञ्चारमाध्यमहरूसँग बताएका छन्।
कनिका कोरोना संक्रमित भारतकै पहिलो व्यक्ति हुन्। गत मार्च ११ मा युकेबाट भारत फर्किएपछि उनमा कोरोना संक्रमण देखिएको थियो।
Facebook Comments