चितवन, चैत्र २३ । लकडाउन उल्लंघन गर्दै चितवन राष्ट्रिय निकुञ्ज र त्यसवरपर निषेधित गतिविधि गर्ने ९० जना पक्राउ परेका छन्। निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणले निकुञ्ज र त्यसवरपर निषेधित कार्य गर्नेहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा राप्ती नगरपालिका ६ बस्ने ५४ वर्षीय आइतराम राई (चतुरे) लगायत छन्। राई गैंडाको खाग तस्करी कसूरमा १० वर्ष कैद सजाय भुक्तान गरेका व्यक्ति हुन्। पक्राउ परेका सबैलाई निकुञ्ज प्रशासनमा बुझाइएको छ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीले राज्यको ध्यान एकातिर मोडिएको बेला अपराधीहरूको ध्यान अपराधमा केन्द्रित देखिएको बताए।
उनका अनुसार, निषेधित गतिविधि बढेपछि सतर्कता अपनाइएको छ। यही सतर्कताका कारण लकडाउनपछिको अवधिमा दैनिक मानिसहरू पक्राउ परिरहेको उनले जानकारी दिए।
Facebook Comments


























