चैत्र २३ । बलिउड अभिनेत्री रकुल प्रित सिंह र उनको परिवारले २५० जना गरिब परिवारलाई दिनको दुईपटक खाना सहयोग गर्ने भएका छन्। गुरगाउँको झुपडपट्टीमा बस्दै आइरहेका ती परिवारहरुलाई उनले शनिबारदेखि उनीहरुलाई खाना दिन सुरु गरेको मिडिया रिपोर्टको उल्लेख छ।
भारतमा कोरोना भाइरस फैलिएसँगै सरकारले लकडाउनको नीति लिएको छ।
यो कठिन अवस्थामा थप मारमा परेका छन् दैनिक काम गरेर खाने मजदुरहरु, उनीहरुको सहयोगको लागि आफुहरुले खानाको व्यवस्था गरेको उनले बताएकी छन्।
ती गरिबहरुबारे आफ्नो बुबाले अध्ययन गरेको उनले बताएकी छन्। उनीहरुलाई दिइने खाना आफ्नो क्षेत्रमा बनाइने र उनीहरुको घर घरमा लगिने रकुलले बताएकी छन्।
Facebook Comments


























