चैत्र २० । नेपाली चलचित्रकी सफल नायिका हुन साम्राज्ञी राज्यलक्ष्मी शाह। उनले अभिनय गरेको पहिलो चलचित्र ‘ड्रिम्स’ हिट भएपछि उनको चर्चा पनि चुलियो। यसपछि, उनलाई एकपछि अर्को चलचित्रको अफर आयो। तर, पछिल्लो समय रिलिज भएका केही चलचित्रले उनलाई सन्तुष्टी दिन सकेका छैनन। उनले चाहेर पनि गतिलो चलचित्र खेल्न सकेकी छैनन वा उनको क्रेज कमजोर भयो, यो विश्लेषण गर्ने बिषय बन्ला।
तर, साम्राज्ञीअब पहिले जस्तो एकपछि अर्को चलचित्रमा काम गर्ने सोचमा छैनन। शुभचिन्तकसँग कुरा शेयर गर्दै सामाज्ञीले अब आफूले पहिलेको जस्तो बर्षमा २ वटासम्म चलचित्रमा काम नगर्ने बताएकी छिन।
यसको पछाडि धेरै कारण रहेको उनको तर्क छ। उनले सामाजिक संजाल लाइभमा भनेकी छिन–‘मैले अहिले नयाँ चलचित्र साइन गरेकी छैन। अब, म पहिलेको जस्तो बर्षमै २ वटासम्म चलचित्रमा काम गर्दिनँ। यसको पछाडि धेरै कारण छन। म पनि यसै भन्न सक्दिनँ।’
उनको यो तर्कले पनि के भन्न सकिन्छ भने, दर्शकले अब सामाज्ञीको चलचित्र बर्षमै एक वा दुइवटासम्म हेर्न पाउने छैनन। उनले आफूलाई मन परेको कथा आएको खण्डमा मात्र काम गर्ने बताएकी छिन।
अब, सामाज्ञीलाई मनपर्ने कथा कहिले उनीसम्म पुग्ला, दर्शकले लामै समय पर्खिनुपर्ने हो कि ?