काठमाडौं, चैत्र १९ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण तथा उपचारका लागि मेडिकल सामग्री खरिद सम्झौता रद्ध गरेको छ।
उक्त मेडिकल सामग्री खरिद सम्झौता विवादमा परेपछि सराकराले रद्ध गरेको हो। स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र श्रेष्ठले बुधबारको पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन्।
विभागले मेडिकल सामग्री खरिदका लागि ओम्नी समूहसँग सम्झौता गरेको थियो। उसले सर्तअनुसार समयमा मेडिकल सामग्री दिन नसकेको लगायतका कारण रद्ध गरिएको जानकारी दिए। उक्त कम्पनीलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै भोलि नै अर्को खरिद प्रक्रिया सुरु गरिने जानकारी दिए। त्यसका लागि नियमानुसार टेण्डर आव्हान गरिने उनले जानकारी दिए।
सरकारले सम्झौतापछि ओम्नी समूहले राखेको ५ करोड रुपैयाँ धरौटी रकम पनि जफत गरेको छ।
Facebook Comments