चितवन, चैत्र १८ । भरतपुर कोरोना विशेष अस्पतालले स्वाब परीक्षणका लागि आइतबार पठाएको तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरूको रिपोर्ट आज बिहान अस्पताललाई प्राप्त भएको थियो।
अस्पातलका प्रवक्ता डा. भोजराज अधिकारीका अनुसार चितवनका रमेश परियार, मकवानपुरका दिनेश अधिकारी र गैंडाकोटका अर्जुन सापकोटाको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएसंँगै उनीहरूलाई डिस्चार्ज गरिएको छ।
अस्पतालले सोमबार ११ जनाको स्वाब परीक्षण नमुना काठमाडौं पठाएको छ। उनीहरूको रिपोर्ट पनि आज सांँझसम्म आइपुग्ने डा. अधिकारीले बताए। हाल उक्त अस्पताललको आइसोलेसन वार्डमा १३ बिरामी भर्ना भएका छन्। हालसम्म अस्पतालमा २२६ जनाले सेवा लिइसकेका छन्।
Facebook Comments


























