चैत्र १३ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ ।
फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ। अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार २ सय ८३ पुगेको छ।
त्यस्तै ४ लाख ७१ हजार ३५ जनामा संक्रमण भएको पुष्टि भएको छ। कोरोनाको संक्रमण भएकामध्ये १ लाख १४ हजार २ सय १८ जनाले स्वास्थ्यलाभ लिएर फर्किएका छन्।
संक्रमणदर घटेको चीनमा पनि विगत २४ घण्टाको अवधिमा ६७ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै कोरोनाको संक्रमणमा रहेका ६ जनाले ज्यान गुमाएका छन् । योसँगै चीनमा मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ।
त्यस्तै इटालीमा ६ सय ६८ संक्रमितको मृत्यु भएको छ। यो मृत्युसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ।
अमेरिकामा पनि कोरोनाको संक्रमण फैलँदो अवस्थामा छ। अमेरिकामा संक्रमित नयाँ १ सय ५५ जनाको मृत्यु भएको छ। अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्इा ९ सय ३५ पुगेको छ । भने ६५ हजार ७ सय ९७ जना संक्रमित छन्।
त्यस्तै स्पेनमा संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ । नयाँ ६ सय ५६ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ३ हजार ६ सय ४७ पुगेको छ।


























