चैत्र १२ । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। तमिलनाडुको राजाजी अस्पतालमा उपचारका क्रममा एक संक्रमितको मृत्युसँगै भारतमा मृत्यु हुनेको संख्या ११ पुगेको हो।
५४ वर्षीय ती व्यक्ति कोरोनासंक्रमितसँग सम्पर्कमा आएपछि बिरामी परेका थिए। कोरोनाको संक्रमण हुनुअघि ती व्यक्ति मधुमेह र हाइपरटेन्सनका बिरामी रहेको बताइएको छ। तमिलनाडुमा यो पहिलो मृत्यु हो।
तमिलनाडुमा अहिलेसम्म १८ जनामा संक्रमण देखिएको छ भने भारतभर संक्रमितको संख्या ५६० पुगेको छ, जसमा ११ को मृत्यु र ४६ निको भएका छन्। कोरोना रोक्न भारतमा मंगलबारदेखि २१ दिनको लकडाउन गरिएको छ। एजेन्सी
Facebook Comments


























