चैत्र १२ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय ९५ पुगेको छ। ४ लाख २२ हजार ६ सय २९ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ८ सय ७९ स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन्। चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका १९७ देशमा पुगेको छ।
वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन। चीनमा अहिलेसम्म ३ हजार २ सय ७७ ले ज्यान गुमाएका छन् भने ८१ हजार १ सय ७१ जना संक्रमित छन्। जसमध्ये ७१ हजार १ सय ५९ उपचारपछि घर फर्किएका छन्।
यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण अमेरिकामा फैलिएको छ भने सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ। इटालीमा ७ सय ४३ को यो २४ घण्टामा मृत्यु भएको छ। कोरोनाकै कारण इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ।
त्यस्तै अमेरिकामा ६ सय ९८ जनाले ज्यान गुमाएका छन्। २४ घण्टाको अवधिमा ९ हजार ८ सय ७५ मा नयाँ संक्रमणदेखिएपछि संक्रमितको संख्या ५३ हजार ६ सय ९ पुगेको छ।