काठमाडौं, चैत्र ८ । अष्ट्रेलियाको कार्यक्रममा सहभागी भएर फर्किएका संचारकर्मी तथा कलाकार सेल्फ क्वारेन्टाइनमा रहेका छन्।
अष्ट्रेलियामा भएको फेसन शोको निर्देशन तथा कोरियग्राफी गरेर फर्केका मोडल तथा कलाकार प्रशान्त ताम्राकार हाल सेल्फ क्वारेन्टाइनमा बसिरहेको जानकारी दिएका छन् ।
उनले भने, “हुन त त्यस्तो लक्षण केही पनि देखा परेको छैन तर पनि दश दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्ने सोंच बनाएको छु।”
घरैमा विशेष सावधानी अपनाउँदै बसिरहेको ताम्राकारले जानकारी दिए। अष्ट्रेलिया यात्रा छोट्याएर बिहीबार फर्केका प्रशान्त ताम्राकारसँगै संचारकर्मी विवेक खतिवडा, ड्रेस डिजाइनरहरू अमितेश कर्ण र सुकमिता चौलागाईं सेल्फ क्वारेन्टाइनमा बसिरहेको बताएका छन्।
Facebook Comments


























