काठमाडौं, चैत्र ७ । सार्क राष्ट्रहरु मिलेर बनाइने कोरोना भाइरस (कोभिड-१९) आपतकालीन कोषका लागि नेपाल सरकारले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आपतकालीन कोष स्थापना गर्ने प्रस्तावको यसअघि नै स्वागत गरिसकेको जनाउँदै १० करोड नेपालको योगदान रहने बताएका हुन्।
उनले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन्। भारत सरकारले उक्त कोषका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।
Facebook Comments


























