काठमाडौं, चैत्र ७ । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बइ र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु स्थगित गरेको छ।
निमगले चैत्र ९ देखि लागु हुने गरी उडान स्थगित गरेको हो। भारतको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनबाट कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान बन्द गरिएको निगमले जनाएको छ।
चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ।
निगमले यसअघि नयाँ दिल्लीको उडान संख्या घटाएको थियो भने कतार, मलेसियालगायतका गन्तव्य उडान स्थगित गरेको थियो।
Facebook Comments


























