श्रीलङ्का, चैत्र ७ । कोरोना त्रासकाबीच श्रीलङ्कामा शुक्रबार बेलुका ६ बजेदेखि आउँदो सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ।
आगामी वैशाख १३ गते तय भएको संसदीय चुनाव स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यू लगाउन आदेश जारी गरेको हो।
यसअघि राष्ट्रपति गोताबाया राजपक्षले चुनाव सार्नुको पछाडि कुनै कारण नभए पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिने डरले चुनाव सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पछिल्ला केही दिनमा श्रीलङ्कामा कोरोना भाइरसको सङ्क्रमणको दरमा वृद्धि देखिएको छ।
श्रीलंकामा ६० जनामा कोरोना संक्रमण भएकोमा ३ जना उपचारपछि निको भएका र अहिले ५७ जना उपचाररात रहेका समाचारहरुमा जनाइएको छ।
Facebook Comments


























